Connect with us
Kapilvast Forest

चुरोट निभाउन भुल्दा महिलाको ज्यान गयो

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

सल्यान-आफूले सेवन गरेको चुरोट निभाउन बिर्सिँदा यहाँको शारदा नगरपालिका वडानम्बर २ की एक महिलाको ज्यान गएको छ । मैसीपानीकी ५२ वर्षीय पार्वती खड्काको आगोमा जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राति खाना खाएर सुत्ने बेला आफैले सल्काएको चुरोट निभाउन बिर्सेपछि लागेको आगोले महिलाको ज्यान गएको हो ।

केही वर्षअघि श्रीमानको निधन भएपछि घरमा एक्लै बस्दै आएकी महिलाका दुई छोरामध्ये एक वैदेशिक रोजगारीमा र अर्का नेपालगञ्जमा छन ।

घटना आइतबार राति घटेको भएपनि छिमेकीले सोमबार बिहानमात्रै थाह पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,