Connect with us
Kapilvast Forest

ओली-दाहालबीच पार्टी विभाजन रोक्न आजै निर्णायक वार्ता हुने

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

oli

काठमाडौं –सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझसम्म वार्ता हुनेगरि तयारी भैरहेको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्कँदा पार्टी एकता नै गम्भीर संकटमा पर्ने हो कि भन्ने आशंका उब्जिरहेको बेला दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

अध्यक्षद्धय ओली र दाहालबीच सम्वादहिनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय हुनु भएको छ । उहाँआजै वार्ता हुने बताउनु भएको छ । त्यसको लागि म विहानैदेखि सक्रिय भएको छु । आज विहान मैले प्रधानमन्त्रीजीसँग कुरा गरेको छु, अब अर्का अध्यक्ष प्रचण्डजीसँग पनि कुरा गरेर आजै उहाँहरुबीच वार्तामा बस्नेगरि गृहकार्य भैरहेको छ ।’ उहाँले अध्यक्षद्धयबीच आज जुनसुकै समयमा पनि वार्ता हुने विश्वास दिलाउनु भयो ।

यसअघि दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि दुई अध्यक्षबीच आजै वार्ता हुने संकेत गर्नु भएको छ ।प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको निर्णय नमानेको र एकलौटी गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट जनाउदै आउनु भएको छ । उहाँहरुले तत्काल सचिवालय बैठक बोलाउन माग गर्नु भएको छ । तर, ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नभएको भन्दै जबरजस्ती बैठक राखे र आफूविरुद्ध निर्णय गरेर ठूलो कदम चाल्ने दाहाललाई चेतावनी दिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,