Connect with us
Kapilvast Forest

कांग्रेसको पदाधिकारी बैठक स्थगित

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसको पदाधिकारी बैठक नबस्‍ने भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।

केसीको गएराति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो । पदाधिकारी बैठक बस्‍ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।

“नेपाली कांग्रेसको परम्पराअनुसार केन्द्रीय समितिको इमरजेन्सी बैठक १ बजे बसेर शोक प्रस्ताव पारित गर्छौं,” उहाँले भन्नु भयो , “अन्य विषयमा छलफलले प्रवेश पाउँदैन ।”

यसअघि सोमबारबाट सुरु भएको पदाधिकारी बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी कार्यालयमा दर्ता गरेको विरोध पत्रमा छलफल हुने बताइएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,