Connect with us
Kapilvast Forest

कोरोना संक्रमणबाट ज.स. पा.का नेता लिम्बुको मृत्यु

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

Gajendra-limbu.gif

विराटनगर – जनता समाजवादी पार्टीका नेता गजेन्द्रबहादुर लिम्बु (इस्बो)कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समययता लड्दै आएका इस्बोको मंगलबार बिहान मृत्यु भएको हो ।

२७ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि इस्बोलाई १२ कात्तिकमा न्यूरो अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएका उनको मंगलबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुनुहुन्थ्यो । उहाँ धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयरको उम्मेदवार बन्नु भएको थियो ।

उहाँ जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,