Connect with us
Kapilvast Forest

भन्सार छली गर्दै ल्याएको ७ लाखको सामान बरामद

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर

काठमाडौं – महोत्तरीबाट सशस्त्र प्रहरीले सात लाख रुपैयाँ भन्दा बढीको भन्सार छलीका सामान बरामद गरेको छ । अवैध रुपमा भन्सार छलेर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल महोत्तरीले करिब ७ लाख २ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

मटिहानी नाका हुँदै भित्र्याइएको करिब ५ लाख ४० हजार मूल्यको डेन्टलसम्बन्धी उपकरण बरामद भएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनु भयो ।

यसैगरी एकडाँडा गाउँपालिका क्षेत्रबाट १ लाख ६२ हजार मूल्य बराबरको भन्सार छली गरेल ल्याइएको कपडा समेत बरामद भएको उहाँले बताउनु भयो ।सोमबार बरामद गरिएका उपकरण र कपडालाई जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको उहाँले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,