Connect with us
Kapilvast Forest

धनुषामा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

प्रतिनिधिमुलक तस्बिर

धनुषा – धनुषाको बटेश्वर गाउँपालिका वडा नम्वर ४ मा माटोको ढिस्कोले पुर्दा एक महिलाको मृत्यु भएको छ ।प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनिता देवी रविदाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते हुनु भएको छ

१४ वर्षीया मधुकुमारी ठाकुर र सोही उमेरका रिनादेवी ठाकुर घाइते हुनु भएको छ । गम्भीर घाइतेको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको जनाइएको छ ।

दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिता देवीको मृत्यु भएको बताइएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,