Connect with us
Kapilvast Forest

आईपीएलमा हारेपछि अस्ट्रेलियन वाट्सनद्वारा खेल जीवनबाट संन्यास

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

Shane-Watson.jpg

एजेन्सी – अस्ट्रेलियन अलराउन्डर सेन वाट्सनले आफ्नो खेलजीवनबाट संन्यास लिनु भएको छ । यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्‍नई सुपर किङ्सबाट खेलेका उहाँले सोमबार कुनै प्रतियोगिता नखेल्ने भन्दै खेल जीवनबाट संन्यास लिनु भएको हो ।

अब उहाँले क्रिकेटका कुनै पनि प्रतियोगिता नखेल्ने बताउनु भएको छ । उहाँले आइतबार राति आईपीएलमा चेन्‍नईले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेसँगै संन्यासको घोषणा गरेका जनाइएको छ ।

वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट २०१६ मा संन्यास लिनु भएको थियो । त्यसपछि आईपीएललगायत केही प्रतियोगिता खेल्दै आउनु भएको थियो । तर, अब भने उहाँले क्रिकेट खेलाडीको रुपमा आफ्नो करियरको बिदाइ गरेको बताउनु भएको छ ।

वाट्सनले आईपीएलमा तीन टोली चेन्‍नई सुपर किंग्स, राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलिसक्नु भएको छ । उहाँले राजस्थान र बैंग्लोरको कप्तानीसमेत गर्नु भएको छ । वाटसनले चेन्‍नई र राजस्थानका लागि आईपीएलसमेत जित्नु भएको छ । उहाँले २०१८ को आईपीएल उपाधि चेन्‍नईले जित्दा फाइनलमा सनराइजर्स हैदराबादविरुद्ध ११७ रनको शतकीय पारि खेल्नु भएको थियो । यस्तै प्रतियोगिताको पहिलो संस्करण २००८ मा राजस्थानका लागि फाइनलमा चेन्‍नईविरुद्ध २८ रन र एक विकेट लिँदै उपाधि जित्नु भएको थियो ।

२०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका उनले अस्ट्रेलियाका लागि ५९ टेस्ट खेल्दै ३ हजार ७३१ रन बनाउनु भएको छ । त्यस्तै १९० एकदिवसीयमा ५ हजार ७ सय ५७ रन बनाउनु भएको छ । अस्ट्रेलियाका लागि ५८ टी(२० खेलेका उनले १ हजार ४६२ रन बनाउनु भएको छ । वाटसनले टेस्टमा ७५, वानडेमा १६८ र टी २० मा ४८ विकेट लिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,