Connect with us
Kapilvast Forest

बिहारमा आज दोस्रो चरणको मतदान

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

 

एजेन्सी-बिहारमा विधानसभा निर्वाचनअन्तर्गत मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ ।२४३ सिटको विधानसभाको लागि मंगलबार ९४ सिटको लागि मतदान भइरहेको हो ।यसअघि गत अक्टोबर २८ मा भएको पहिलो चरणको निर्वाचनमा ७१ सिटको लागि मतदान भएको थियो ।

बिहारमा नितिशकुमार लगातार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । लालु यादवको अनुपस्थितिमा उनका छोरा तेजस्वी यादव पनि मुख्यमन्त्रीको दौडमा छन् ।बिहारमा नोभेम्बर ७ मा तेस्रो चरणको मतदान हुनेछ । त्यस्तै भारतका अन्य राज्यहरुमा ५४ सिटको लागि मंगलबार उपनिर्वाचन भइरहेको छ ।

मंगलबार मध्यप्रदेशमा २८ सिटमा उपचुनाव भइरहेको छ । यो उपनिर्वाचनमा आठ सिट जितेको खण्डमा मुख्यमन्त्री शिवराज चौहान आठ सिट जित्न सफल भए सरकार कायम रहनेछ । अन्यथा सरकार ढल्ने अवस्था आउनेछ ।

त्यस्तै उत्तर प्रदेशमा सात, गुजरातमा आठ छत्तीसगढमा एक, हरियाणमा एक, झारखण्डमा दुई, कर्नाटकमा दुई नागल्याण्डमा दुई, ओडिसामा दुई र तेलंगनामा एक सिटमा उपनिर्वाचन भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,