Connect with us
Kapilvast Forest

कसले रोक्छ हेरौँ विचबाटोमै खाना खुवाउछौँ : साझा पार्टी

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

saja party

काठमाडौं-साझा पार्टीले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महानगरको यो कदमको भत्र्सना गरेको छ । ‘केही परोपकारी समूहले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ’, साझाको विज्ञप्तिमा भनिएको छ ।

साझा पार्टीले सरकारले गर्नुपर्ने तर नागरिक स्तरबाट भइरहेको कामलाई रोक्न निर्देशन दिएको भन्दै आपत्ति जनाएको हो । यसलाई उसले अमानवीयताको पराकाष्ठाको संज्ञासमेत दिएको छ ।

‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सिर्जना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो’, साझाको विज्ञप्तिमा भनिएको छ, ‘तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’

महानगरको यो निर्देशनको विरोधमा साझा पार्टीले बुधबार बिहान र बेलुका खुला मञ्चमा खुवाइने खानाको खर्च बेर्होने समेत भएको छ । शान्तिपूर्ण र मानवीय कार्यलाई कसले रोक्छ भन्दै उसले महानगरप्रति आक्रोससमेत व्यक्त गरेको छ ।

‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुला मञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवी पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्’, साझा पार्टीका प्रवक्ता शरदराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’

साझा पार्टीले महानगरलाई यो निर्णय फिर्ता गर्न र कोरोना कहर रहँदासम्म श्रमिक तथा असहायका लागि काम अथवा मामको व्यवस्था गर्न मागसमेत गरेको छ ।

‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्’, विज्ञप्तिमा थप भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,