Connect with us
Kapilvast Forest

गुल्मीको इस्मा गाउँपालिमा अन्तराष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

rangasalaa.jpg
सांकेतिक तस्विर

गुल्मी -राज्यले खेलकुदमा लगानी नगरेको गुनासो आइरहेका बेला गुल्मीमा भने रङ्गशाला निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । इस्मा गाउँपालिका ६ अमरपुरस्थित बुल्म चौरमा नेपालकै प्रथम शहिद लखन थापाको नामबाट रङ्गशालाको निर्माण थालिएको हो । ‘शहिद लखन थापा स्मृती रङ्गशाला’ मा अहिलेसम्म पर्खाल लगाउने, फुटबल ग्राउण्ड तयार गर्ने, दुवो रोप्नेलगायतका काम भएका छन् ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदमार्फत अहिले रङ्गशालाको पहिलो चरणको काम सम्पन्न भएको हो । रङ्गशाला निर्माणको लागि आ।व। ०७४÷०७५ मा उपभोक्तामार्फत १८ लाख र ०७५÷७६ मा दुई करोड ८० लाख खर्च भएको छ । अब दोस्रो चरणमा आवश्यक भौतिक संरचनाको कामको लागि राष्ट्रिय खेलकुद परिषद्ले टेन्डरको आह्वान गरिसकेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनु भयो ।

ग्राउण्डमा रोपिएको दुवोलाई सिँचाईको लागि चार किलोमिटर टाढाबाट पानी ल्याइएको छ । कुल १०५ मिटर लम्बाई तथा ६८ मिटर चौडाई रहेको फुटबल मैदान १५ हजार दर्शक अटाउने क्षमताको छ । फुटबल मैदानलाई मदन भण्डारी राजमार्गले छोएको छ ।

वरिपरी विपन्न तथा कुमाल बस्ती, इस्मा गाउँपालिकाको सेरामिक्स, धुर्कोट गाउँपालिका वस्तुमा रहेको विचित्र गुफा पनि खेलकुद मैदानको नजिकै पर्दछन् । गाउँमै अन्तराष्ट्रिय रङ्गशाला निर्माण आफुहरु पनि खुसी भएको स्थानीय बोमलाल भण्डारीले बताए । ‘रङ्गशाला निर्माणपछि आर्थिक विकासका थुप्रै ढोका खुल्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,