Connect with us
Kapilvast Forest

चन्द्र ढकालको प्यानलले यसरी गर्यो उम्मेदवारी दर्ता (फोटोफिचर)

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौ-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालले आफनो प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बस्तुगततर्फ ढकाल प्यानलबाट सदस्यहरुमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठको मनोनयन दर्ता गराउनु भएको हो ।

जिल्ला नगरतर्फबाट सदस्यहरुमा  अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियाल राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्य, जमशेर अली मियाँ लगायतको मनोनयन गराउनु भएको छ ।

यस्तै एशोसिएट्सतर्फका सदस्यहरु अजित बस्नेत, अम्बिका प्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्की लगायतले उम्मेदवारी दर्ता गराउनु भएको छ।

सदस्यहरुको मनोनयन दर्ता गर्ने क्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच पुलिङको काम गर्दै देशमा रोजगारी सिर्जना तथा उद्योग व्यवसायको प्रवर्धन गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रका सानो व्यवसाय प्रवद्र्धनदेखि तथा ठूला उद्योगको संरक्षण तथा प्रवद्र्धन गर्दै वैदेशिक लगानी भित्र्याई देशमा रोजगारी सिर्जना गर्ने उद्देश्य अनुरुप उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,