Connect with us
Kapilvast Forest

एक करोडसहित तीन हुण्डी कारोबारी पक्राउ

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

file photo

काठमाडौँ- प्रहरीले एक करोड रकमसहित तीन हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका—२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरी थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले जनाएको छ ।

पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षका विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौँ बस्ने ३२ वर्षका गणेश पौडेल रहेका छन् ।

अवैध हुण्डी कारोबारीको गिरोह होटलमा गोप्यरुपमा बसेको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ९९ लाख चौरासी हजारी र ९०० अमेरिकी डलर बरामद गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । सोमबार साँझ पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि आज राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,