Connect with us
Kapilvast Forest

बामदेवलाई राष्ट्रपतिको आग्रह : पार्टी एकता जोगाउन भूमिका खेल्नुहोस्

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

bamdev

काठमाडौं-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुग्नु भएको छ ।

गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताउनु भयो । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गर्नु भएको छ ।

पहिले पनि पार्टी एकता जोगाउन भूमिका खेल्दै आउनुभएको छ । यसपटक पनि लाग्नुपर्‍यो’ राष्ट्रपतिले गौतमलाई गरेको आग्रहबारे सुवेदीले बतामउनु भयो ।जवाफमा उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने बताउनु भयो ।

नेकपाभित्र विवाद चर्किएका बेला गौतम शितल निवास पुग्नु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी हुनु भएको थियो ।

नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा रहेकाले गौतम जता लाग्यो, उतै बहुमत पुुग्छ ।अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा गौतम सहभागी हुँदै आउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,