Connect with us
Kapilvast Forest

कांग्रेस नेता विश्वकर्माको कोरोना रिपोर्ट नेगेटिभ, स्वास्थ्यमा सुधार हुँदै

२०७७, १८ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ।ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचाररत नेता विश्वकर्माको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका विश्वकर्माको होस खुलेको छ । उहाँको कोरोना परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको उहाँका सहयोगी टेक बहादुर विश्वकर्माले जानकारी दिनु भयो ।

‘चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा सुधार भएको छ। आजदेखि होस पनि खुलेको छ।गत कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा होम आइसोलेसनमा बसेका विश्वकर्मा सास फेर्न गाह्रो हुन थालेपछि वीर अस्पताल भर्ना हुनु भएको थियो।तीन दिन वीर अस्पतालमा उपचार गराएका विश्वकर्माको स्वास्थ्यमा सुधार नआएपछि ग्राण्डी अस्पताल लगिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,