Connect with us
Kapilvast Forest

मुम्बईलाई हराउँदै हैदारबाद आईपीएलको प्ले अफमा, कोलकाता बाहिरियो

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

एजेन्सी- सनराइजर्स हैदराबाद युएईमा जारी १३औँ संस्करणको आईपीएल टी(ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ ।सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो ।हैदराबादको जितमा डेभिड वार्नर ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाउनु भयो । साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहनु भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाउनु भयो । यस्तै सूर्यकुमार यादबले ३६ रन जोड्दा इशान किसनले ३३ रन जोड्नु भयो । क्विन्टन डी कक २५ रनमा आउटहुनु भयो ।मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिनु भयो । जासन होल्डर र साहबाज नादिमले २र२ विकेट लिनु भयो ।

जितसँगै हैदराबाद तेस्रो स्थानमा रहँदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोड्यो ।हैदराबाद प्ले अफमा पुगेसँगै कोलकाता पनि लिग चरणबाटै बाहिरिएको छ । समान १४ अंक नै भए पनि कोलकाता रनरेटमा पछी पर्दै बाहिरिएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,