Connect with us
Kapilvast Forest

युएईका प्रधानमन्त्रीले लिए कोभिड-१९ को खोप

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

 

एजेन्सी- युनाइटेड अरब इमिरेट्स ९यूएई० का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोप लगाउनु भएको छ ।

तस्वीर ट्वीटर मार्फत सार्वजनिक गर्दै उहाँले कोरोनाविरुद्धको खोप लगाएको जानकारी दिनु भयो ।उहाँले यूएईका प्रत्येक नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै उपलब्ध गराइने समेत जनाउनु भएको छ ।

यसघि त्यहाँका उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहान, विदेश मन्त्री शेख अव्दुल्लाह बीन जायाद, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी तथा अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायादले पनि कोरोनाको खोप लगाउनु भएको थियो ।

यूएईले कोभिड–१९ का बिरामीको स्वास्थ्यअवस्थालाई मध्यनजर गरेर आपतकालीन प्रयोगका लागि खोप दिन थालेको जनाइएको छ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,