Connect with us
Kapilvast Forest

अमेरिकी राष्ट्रपति निर्वाचन :मत परिणाम आउने क्रम सुरु,बाइडेनको अग्रता

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

एजेन्सी–अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मत परिणाम पनि आउन थालेको छ।मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन् । कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ । बहालवाल राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ ।

इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् तर पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको थिए । कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए।

आउँदो चार बर्षसम्म जसको हातमा अमेरिकाको सबैभन्दा शक्तिशाली राष्ट्रको सत्तामा हुनेछन । अमेरिकी नागरिकहरूले आफ्नो मतमार्फत यस निर्णय गरेका छन् । अमेरिकामा ४५ औं राष्ट्रपति पदको लागि मतदान समाप्त भएको छ । यस शक्तिशाली पदका लागि मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेन छन।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अलाबामा, मिसिसिप्पी, ओक्लाहोमा र टेनेसीमा जित्नु भएको छ । जबकि डेमोक्र्याट जो बाइडेनले कनेक्टिकट, डेलावेयर, इलिनोइस, मेरील्याण्ड, म्यासाचुसेट्स, न्यू जर्सी र रोड आइलैंड जित्नु भएको छ । ट्रम्पले ती चार राज्यमा ३३ भोट प्राप्त गर्नु भएको छ भने बाइडेनले ७ राज्यमा जम्मा ६९ भोट प्राप्त गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,