Connect with us
Kapilvast Forest

चम्किलो वस्तु देखाएर नागमणि भनेर २ करोड ठगी गर्ने गिरोह पक्राउ

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

nagmani_onekarod

दाङ-दाङ घोराहीमा नागमणि भन्दै करिब २ करोड रकम ठग्ने गिरोह पक्राउ परेको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं १७ निवासी माधवप्रसाद घिमिरेलाई एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा बाँकेका जिल्ला प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेख जिल्लाको नौमुरे गाउँपालिका वडा नं ४ निवासी ३५ वर्षीय धनबहादुर रोका, सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नं ५ निवासी ३१ वर्षीय कृष्ण शाह र सल्यानको शारदा नगरपालिका वडा नं ९ निवासी ३० वर्षीय डिल्लीबहादुर बोहरा रहेको बाँकेका जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिनुभयो ।

उनीहरूले एउटा सानो चम्किलो वस्तुलाई घिमिरेलाई देखाई त्यसलाई नागमणि भएको भन्दै उक्त रकम ठगि गरेका थिए । आफु ठगिएको पीडितको जाहेरी दिएपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

ठगी गर्ने उक्त गिरोहलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १ बाट ४० लाख नगदसहित नियन्त्रणमा लिइएको छ । प्रहरीले उनीहरूलाई कात्तिक १५ गते पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,