Connect with us
Kapilvast Forest

पूर्व एमालेहरुलाई मिलाउने प्रयासमा ओली समूह

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहनु भएको छ । तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरनु भएको छ । आइतबार साँझ लाजिम्पाटस्थित एक होटलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री खगराज अधिकारी, महेश बस्नेत, केन्द्रीय सदस्य आनन्द पोखरेल लगायतका करिब १५ जना नेताहरुको एउटा भेलाले अबका दिनमा पार्टीलाई बढी क्षति हुन नदिने र पूर्व एमालेहरु मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकाल्नु भएको थियो । त्यसयता उनीहरु निरन्तर छलफलमा लाग्नु भउको छ ।

उहाँहरुले ओली र नेपाल मिलाउन मध्यमार्गी भूमिका खेल्नुभएको छ । ‘हामीले अबको विकल्प ओली नेपाल मिल्नुमै देखेका छौ, पूर्व माओवादीहरुलाई पार्टीमा प्रयाप्त स्थान दिइएको छ उहाँहरुलाई साथमा लिएर जानुपर्छ तर सधै ओली नेपाल फाटो गरेर बाटो अलग बनाउन सकिँदैन भनेका छौ’, छलफलमा सहभागी एक नेताले भन्नु भयो। ओली समूहका धेरैजसो नेता नेपालसँग मिल्नुपर्ने पक्षमा रहनु भएको छ । विजय सुब्बा, गोकुल बाँस्कोटा, महेश बस्नेत, खगराज अधिकारी लगायतका धेरै नेताहरुले यसअघि पनि ओली नेपाल मिल्नुपर्ने बताउँदै आउनु भएको छ। विजय सुब्बा लगायतको एउटा पंक्तिले सोमप्रसाद पाण्डे तथा लालबाबु पण्डितहरुसँग धेरै पटक यो विषयमा कुराकानी समेत गरिसकेको छ। ‘हामीले नेताहरु मिलेर जानुपर्छ कहाँ कहाँ के के मिलेको छैन त्यसलाई पनि मिलाएर पार्टी एकतालाई बलियो बनाऔ भनेका छौ, खासगरी जनताले दिएको मतको अबमूल्यन नहोस भन्ने हाम्रो उदेश्य हो। यो विषयमा ओली, दाहाल र नेपाल जानकार छन् भन्ने हाम्रो बुझाइ हो’, नेकपाका केन्द्रीय सदस्य समेत रहेका सांसद विजय सुब्बाले भन्नु भयो ।

ओली समूहका नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापाको समूहले राजनीतिबाट अवकाश लिइसकेका प्रदीप नेपाललाई समेत भेटेर ओली नेपाल मिलाउने सूत्रधार बन्न आग्रह गरेका थिए। त्यसकै भोलिपल्ट सोमबार माधव नेपाल प्रदीप नेपालकै घरमा पुगेर भेटघाट समेत गर्नु भएको छ । यसरी हेर्दा ओली पक्ष पछिल्ला दिनमा नेपालसँग मिल्नुको विकल्प नभएको निष्कर्षमा पुगेको देखिन्छ। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेख्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,