Connect with us
Kapilvast Forest

भारतीय सेना प्रमुख आज नेपाल आउँदै, काठमाडौंमा उच्च सुरक्षा सतर्कता

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं –भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ ।

नरवाणेको भ्रमणको बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताउनु भयो ।

भारतीय सेनाको विशेष विमान मार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा  आउन लाग्नु भएको हो ।

भारतीय सेना प्रमुख नेपाल आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नरवाणे आवतजावत गर्ने सडकमा समेत सुरक्षा सर्तकता बढाइएको छ ।

नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने पुरानै परम्परा हो । तर नरभानेले नेपाल–भारत सीमा विवादमा दिएको विवादास्पद अभिव्यक्तिका कारण उहाँलाई सुरक्षा चुनौति रहेको सुरक्षा निकायको विश्लेषण छ ।

नरभानेले दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको कार्यक्रममा नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको बताउनु भएको थियो ।

तीन दिने नेपाल भ्रमणका लागि आउन लागेका नरभानेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गर्नु हुने छ ।

साथै, प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि छलफल गर्नुहुने छ ।फर्किने दिन शुक्रबार प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग उहाँले भेटवार्ता गर्नु हुने छ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय समाचार एजेन्सी एएनआईसँग बोल्दै भारतीय सेनाध्यक्ष नरभानेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने बताउनु भएको छ ।

नेपाली सेनाले स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका कालापानी, लिपुुलेक र लिम्पियाधुरा क्षेत्रका भूूभाग भारतले राजनीतिक नक्शामा समेटेपछि उत्पन्न द्विपक्षीय सम्बन्ध सुुदृढ तुल्याउन उहाँको यहाँ हुने भेटघाट महत्वपूर्ण सावित हुने अपेक्षा गरिएको छ ।

स्थलसेनाध्यक्ष नरावणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गीअड्डामा उहाँले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।  त्यसलगत्तै  प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,