Connect with us
Kapilvast Forest

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीको कोरोना सक्रमणबाट निधन

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं । कोरोना सक्रमणको कारण पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतीको निधन भएको छ ।

दशैंमा पुर्खाैली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कात्तिक १३ गते दाङ स्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो ।

नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको महराको सचिवालयले जनाएको छ ।

सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुुहुन्थ्यो ।

२०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मनुभएको उहाँको महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उहाँका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,