Connect with us
Kapilvast Forest

पूर्वसभामुख महरा पत्नीको अन्त्येष्टि सेनाले गर्ने

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

 

काठमाडौं-कोरोना संक्रमणबाट मृत्यु भएकी पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने भएको छ।कोरोना संक्रमणको सुरूवातदेखि नै मृत्यु हुनेहरूको शवलाई सेनाले व्यवस्थापन गर्दै आएको छ।

केही समय अघि सरकारले मृतकका आफन्तले चाहेमा शव व्यवस्थापन गर्न पाउने निर्णय गरेको थियो।नेपाली सेनाका अनुसार सरकारको निर्णयपछि पनि सेनाले नै शवको व्यवस्थापन गरेको छ।

आफन्तले शवको व्वयस्थापन गर्न चाहेमा उहाँहरूले नै गर्न सक्नुहुन्छ। अन्य अवस्थामा सेनाले नै व्यवस्थापन गर्छ। सैनिक प्रवक्त सन्तोषवल्लभ पौडेलले भन्नु भयो ,।अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको शव सेनाले नै व्यवस्थापन गरेको छ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत् सीताको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिनु भयो ।
उहाँलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,