Connect with us
Kapilvast Forest

रुकुमकी ७ वर्षीया बालिकालाई अन्तर्राष्ट्रिय उपाधि

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं – नेपाली बालिका प्रिन्शा खड्काले अन्तर्राष्ट्रिय कलात्मक प्रतिस्पर्धा जित्नु भएको छ । ७ वर्षीया उहाँले टिभी स्टार्ट इन्टरनेसनल फेस्टिभलको अनलाइन संस्करणमा उहाँले ुगोल्डेन क्वीनुको उपाधि जित्नु भएको हो ।

प्रतियोगितामा विश्वभरबाट १६ देशका ४० जना बालबालिका सहभागी थिए। अनलाइनमार्फत् विभिन्न चरणमा सिर्जनात्मक प्रतियोगिताहरू भएका थिए। कार्यक्रमको नेपाल संयोजन मर्निङ ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गर्नु भएको थियो ।

प्रिन्शाले दुई महिना अघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत् आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ को उपाधी र स्पेसियल अवार्ड अफ द फेस्टिवल पाउनु भएको छ ।गत बर्ष इजिप्टमा आयोजित ‘मिनी मोडल वर्ल्ड २०१९’ को उपाधिसँगै उत्कृष्ट डान्सर जित्नु भएको थियो ।

रुकुमकी प्रिन्शा खड्का हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत हुनुन्छ। उहाँ म्युजिक भिडियोहरूमा बाल कलाकारको रुपमा देखिनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,