Connect with us
Kapilvast Forest

उपन्यासकार गगनसिंह थापाको निधन

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं- उपन्यासकार गगनसिंह थापाको निधन भएको छ । बुधबार बिहान १.५० बजे ७३ बर्षको उमेरमा उहाँको निधन भएको हो ।लामो समयदेखि लिभर सिरोसिसबाट पीडित थापाको सोह्र सौगात (२०३५), कर्णालीको छेउछाउ (२०७०), पू्र्खाको चिट्ठी (२०७२), मेरो मधुशाला (२०७४), उज्ज्वली (२०७६) र महाप्रलय (२०७७) प्रकाशित छन् ।

कर्णाली र सुदूर पश्चिम क्षेत्रको भाषा , सभ्यता र संस्कृतिमाथि कलम चलाउने थापाले साहित्यका साथै शैक्षिक र सामाजिक सेवाका काममा रहनु भएको थियो ।

पारिवारिक स्रोतको अनुसार थापाको अन्तिम संस्कार बिहीबार टीकापुरको कर्णाली नदीमा गरिने छ । उपन्यासकार थापाका कवि हिक्मत थापासहित तीन छोरा र एक छोरी छन् ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,