Connect with us
Kapilvast Forest

नक्कली फेसबुक बनाएर रकम माग्ने पंकज पक्राउ

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

उदयपुर-अर्काको नक्कली फेसबुक आइडी बनाएर रकम ठगी गर्ने एक जना उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ । युवा नेता तथा अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईको नक्कली आइडी बनाएर पैसा माग्ने त्रियुगा नगरपालिका ११ का २१ वर्षीय पंकज साहलाइ पक्राउ गरेको हो ।

उदयपुरको सामाजिक, राजनैतिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल समाजसेवी राई केहि समय यता उदयपुरमै छन् । केही दिन अघि राईको नाममा नक्कली आइडी बनाएर स्थानीय राजनीतिक दलका नेता तथा अन्य व्यक्तिहरुसँग फेसबुक मार्फत पैसा मागेका थिए ।

प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । उदयपुर प्रहरीको मुद्दा फाँटका प्रहरी निरिक्षक छिरिङ शेर्पाका अनुसार उनले स्थानीय नेताहरुलाई फेसबुक मार्फत पैसा माग्ने गरेका थिए ।

एन्फा प्रवक्ता राईले पनि आफूले चिनेका व्यक्तिहरुलाई म्यासेज पठाएर पैसा मागेपछि आफूले थाहा पाएको जानकारी दिनु भयो। साहले जनता समाजवादी पार्टीका नेता राहुल यादवलाई फेसबुकबाट ३० हजार मागेपछि यो प्रकरण बाहिर आएको हो ।

राहुल यादवलाई प्रवक्ता राईले पहिला देखि नै चिनेकाले यो घटना बाहिर आएको हो । अनुसन्धानका क्रममा अरु व्यक्तिहरुसँग पनि पैसा मागेको बुझिएको छ ।पक्राउ परेका साहले यसअघि पनि नक्कली आइडी प्रयोग गरेर रकम मागेको पनि खुलासा भएको छ ।उनलाई साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्ने प्रहरीले तयारी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,