Connect with us
Kapilvast Forest

वीर अस्पतालका कर्मचारी आन्दोलित

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं -मुलुककै जेठो वीर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । आफूहरुले पाउँदै आएको सेवासुविधा अस्पतालले कटौती गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

कोभिड–१९ को महामारीको जोखिममा समेत खटेका कर्मचारीलाई प्रोत्साहित गर्नुपर्नेमा अस्पताल प्रशासनले आफैँले दिने घोषणा गरेको जोखिम भत्ता नदिएपछि आन्दोलनमा उत्रनु परेको एक कर्मचारीले बताए । अस्पताल प्रशासनले मासिक तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर जोखिम भत्तासहित मासिक तलब समेत समयमा नपाएको कर्मचारीको गुनासो छ ।

कर्मचारीले अस्पताल परिषरमा बुधबार बिहान १० बजेदेखि ११स्३० सम्म धर्ना दिएका थिए । आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ ।

अस्पताल व्यवस्थापकले भने विषेश भत्तासहित मासिक तलब समेत समयमै बुझिरहेको कर्मचारीहरुको आरोप छ । आन्दोलित कर्मचारीले व्यवस्थापन राम्रो नभएका कारण अस्पतालमा सम्पूर्ण सुविधा भएर पनि बिरामीलाई सेवा दिन नसिकरहेको बताएका छन् । आन्दोलित एक कर्मचारी भन्छन्, ‘प्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भने सबैले राजिनामा दिए हुन्छ ।’ अस्पतालभित्रै योग्य युवाहरु भएको र प्रशासन चलाउन उनीहरुलाई जिम्मा दिनुपर्ने उनको भनाइ छ ।

भत्तासहित मासिक तलब समेत नदिएकै कारण अस्पतालका इमरजेन्सी लगायतका केही कर्मचारीले सामूहिक रुपमा राजिनामा दिने तयारी भइरहेको समेत एक कर्मचारीले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,