Connect with us
Kapilvast Forest

टर्कीमा भूकम्प-मर्नेको संख्या १ सय १६ पुग्यो

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

earthquake

एजेन्सी – यहाँको एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय १६ जना पुगेको छ । शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको टर्कीका अधिकारीहरुले जनाएका छन् ।

टर्कीको तेस्रो ठूलो शहर एजमिरमा पीडित दुई जना मारिएका थिए भने ग्रीकेली द्वीप सामोसमा दुई किशोरको मृत्यु भएको थियो ।

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरुमा खोज तथा उद्धार कार्य सकिएको जनाएको छ ।

उक्त निकायले एक हजार ३५ जना घाइते भएका र १ सय ३७ जना अझै अस्पतालमा उपचार गराइरहेको बताएको छ ।मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकमा राष्ट्रपति रिसेप तायिप एर्डोगानले अन्तिम क्षणसम्म खोजी र उद्धार कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,