Connect with us
Kapilvast Forest

हामीले निर्वाचन जितिसक्यौँ – ट्रम्प

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

teump

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार सकिएको निर्वाचन आफूले जितिसकेको दाबी गर्नु भएको छ । बुधबार उहाँले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै आफूले निर्वाचन जितिसकेको दाबी गर्नु भएको हो ।

उहाँले धेरै मानिसको मताधिकार खोस्ने प्रयास भइरहेको तर आफूले त्यस्तो हुन नदिने बताउनु भएको हो ।उहाँले आफूहरुले टेक्सास, ओहायो र फ्लोरिडामा विपक्षीहरुले जित्न नसक्ने पहिला नै चाल पाइसकेकाले उनीहरु यो मुद्दा अदालतमा लैजाने प्रयासमा रहेको आरोप लगाउनु भयो ।

उनले नर्थ क्यारोलिनामा आफूले जित हासिल गरिसकेको भन्दै आफ्नो जित घोषणा गर्नुपर्ने माग गर्नु भएको छ । उहाँका अनुसार ‘नर्थ क्यारोलियामा हामीले जितिसकेका छौँ । यो एक धोका हो, यो लज्जास्पद छ । हामीले चुनाव जितेका छौँ । हाम्रो लक्ष्य यसलाई लागू गर्नु हो । हामी अमेरिकाको सर्वोच्च अदालतमा जान्छौँ । मतदान सकिएपछि पनि भोट हाल्न दिन सकिँदैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,