Connect with us
Kapilvast Forest

पीसीआर रिपोर्टः नेपालमा नेगेटिभ विदेशका पोजेटिभ, निगमले उठायो प्रश्‍न

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं – नेपाल वायुसेवा निगमले नेपालको प्रयोगशालामा विश्‍वसनीयताको प्रश्‍न उठाएको छ । निगमले एक विज्ञेप्ती जारी गर्दै नेपालका प्रयोगशालामा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आउने तर विदेशमा पुनः परीक्षण गर्दा पोजेटिभ आएकोप्रति ध्यानाकर्षण गराएको हो ।

अन्तर्राष्ट्रिय हवाइ यातायातका लागि अनिवार्य पीसीआर नेगेटिभ हुनुपर्ने मापदण्ड छ। मापदण्डअनुसार सबै हवाइयात्रुले ७२ घण्टासम्मको पीसीआर रिपोर्ट देखाई हवाइ यात्रा गरिरहेका छन्। तर नेपालबाट नेगेटिभ रिपोर्ट देखाई गन्तव्यमा पुग्दा पीसीआर पोजेटिभ आउने गरेको छ।

निगमले उडान गर्ने गन्तव्यहरुमा यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यता प्राप्त प्रयोगशालाबाट आरटी पीसीआर परीक्षण गरी ७२ घण्टाभित्रको रिपोर्टलाई मान्यता दिए पनि विगत केही दिनदेखि हङकङ, दुबई, नारिताजस्ता गन्तव्यहरुमा ७२ घण्टाको पीसीआर रिपोर्टका बाबजुद पनि त्यहाँ परीक्षण गर्दा कोभिड-१९ पोजेटिभ देखिएको जनाएको छ । जसले गर्दा सम्बन्धित देशका निकायहरुले निगमलाई सचेत गराउनुका साथै कतिपय उडानमा रोकसमेत लगाएकाले निगमलाई आर्थिक तथा प्रतिष्ठाको दृष्टिले ठूलो नोक्सानी पर्न गएको भन्दै ध्यानाकर्षण गराएको हो ।विज्ञप्ति जारी गर्दै यी घटनाहरुले निगमको मात्र नभई समग्र देशकै प्रतिष्ठामा नकारात्मक असर परेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,