Connect with us
Kapilvast Forest

महरा पत्नीको शव सेनाद्वारा व्यवस्थापन

२०७७, १९ कार्तिक बुधबारमा प्रकाशित

 

काठमाडौं – पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको शव नेपाली सेनाले पशुपतिमा व्यवस्थापन गरेको छ । निमोनियाको बिरामी रहेकी सीताको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण समेत पुष्टी भएपछि उहाँको शब सेनाले व्यवस्थापन गरेको हो ।

शब व्यवस्थापन गर्ने क्रममा पूर्वसभामुख महरा र परिवारका सदस्यसहित विभिन्न नेता, कार्यकर्ता र सर्वसाधारण सहभागीता रहेको थियो । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गर्ने क्रममा आज बिहान ६ बजेर २५ मिनेटमा सीताको निधन भएको थियो ।

उहाँलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उहाँ माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित भएको परिवार स्रोतले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,