Connect with us
Kapilvast Forest

बाइडेन जितको नजिक, ट्रम्प भन्दा ३३ लाख भोटले अगाडि

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

एजेन्सी-अमेरिकी राष्ट्रपतिको निर्वाचनको मतगणना चलिरहँदा राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडेन जीतको नजिकै पुग्नु भएको छ ।पछिल्लो रिपोर्टअनुसार बाइडेनले २६४ इलेक्टोरल सिट जित्नु भएको छ भने राष्ट्रपति ट्रम्पले २१४ सिट जित्नु भएको छ ।

बाइडेनलाई अब राष्ट्रपति बन्न केवल ६ इलेक्टोरल सिट सिट चाहिन्छ । कूल ५३८ इलेक्टोरल सिट भएको अमेरिकामा २७० सिटले बहुमत पुग्छ । ४ सय ७८ इलेक्टोरल सिटको नतिजा आइसकेको छ र ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ ।

बाइडेनको लोकप्रिय ७ करोड १५ लाखभन्दा माथि पुगिसकेको छ । ट्रम्पको लोकप्रिय मत भने ६ करोड ८२ लाखभन्दा बढी भएको छ । बाइडेन लोकप्रिय मतमा पनि ट्रम्पभन्दा झण्डै ३३ लाख मतले अगाडि रहनु भएको छ ।

अब २० इलेक्टोरल सिट भएको पेन्सलभेनिया, १५ इलेक्टोरल सिट भएको नर्थ क्यारोलिना, १६ इलेक्टोरल सिट भएको जर्जिया, ६ इलेक्टोरल सिट भएको नेवादा र ३ इलेक्टोरल सिट भएको अलास्का गरी कूल ६० इलेक्टोरल सिटको नतिजा आउन बाँकी छ । यीमध्ये नेवादामा मात्र बाइडेन अगाडि रहनु भएको छ । बाँकी सबै राज्यमा ट्रम्प अगाडि रहनु भएको छ ।

यद्यपि बाइडेनलाई चुनाव जित्न अहिले अग्रता लिइरहेको नेवादाको ६ सिट मात्र जिते पुग्छ किनकि उहाँको २६४ इलेक्टोरल सिट पुगिसकेको छ र यो ६ सिटले उनको २७० सिट अर्थात बहुमत पुग्नेछ । ट्रम्पले अहिले अग्रता लिइरहेका सबै राज्यमा जितेमा उहाँको कूल ५४ सिट थपिनेछ । यस्तोमा उहाँको २६८ सिट मात्र हुनेछ ।

राष्ट्रपति बन्नका लागि बाइडेनलाई रोक्न ट्रम्पसँग नेवादामा बाइडेनको अग्रता रोक्ने विकल्प छैन । नेपादाको ६ सिटमा बाइडेनलाई कुनै हालतमा रोक्न नसके उहाँको बहुमत पुग्नेछ । अर्कोतर्फ ट्रम्पले बाँकी राज्यको मतगणना तत्काल रोक्न माग गर्दै अदालतमा मुद्दा हाल्नु भएको छ । उहाँले चुनावमा धाँधली भएको दावी गर्नु भएको छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,