Connect with us
Kapilvast Forest

पिर्का प्रहार गरी श्रीमानको हत्याको आरोपमा महिला पक्राउ

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

प्रतिकात्मक तस्वीर

काठमाडौं- काठको पिर्का प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले सल्यानबाट एकजना महिलालाई पक्राउ गरेको छ ।कपुरकोट गाउँपालिका–५ पाङराङ बस्ने ३६ वर्षीया ईश्वरी कामीलाइ पक्राउ गरेको हो । ईश्वरीले आफ्नै श्रीमान ५३ वर्षीय रामबहादुर कामीलाई काठको पिर्का प्रहार गरी हत्या गरेको अभियोगमा बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरायसी विवादको क्रममा ईश्वरीले श्रीमानलाई पिर्काले प्रहार गर्दा कामिको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनाको आधारमा श्रीमति कामिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ईश्वरीलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,