Connect with us
Kapilvast Forest

अमेरिकामा थपिए एकैदिन १ लाख १ हजार ७७५ जना संक्रमित

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

corona

एजेन्सी– अमेरिका राष्ट्रपतीय पदको चुनावी सरगर्मीमा रहँदा कोरोना भाइरसको संक्रमण भने बढ्दो छ ।राष्ट्रपतीय चुनावको मतपरिणाम सबैको ध्यान केन्द्रित भइरहँदा त्यहाँ एकैदिन अहिलेसम्मकै धेरै १ लाखभन्दा बढी संक्रमित भएका छन् ।

बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९७ लाख ९४ हजार ७४१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख ८२ हजार ४९९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३२ लाख ७२ हजार ४६२ जनामध्ये १७ हजार ९०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार १५२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ७८० पुगेको छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,