Connect with us
Kapilvast Forest

बाइडेन जित नजिक, ट्रम्प अदालत तिर

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

एजेन्सी-अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुग्नु भएको छ ।बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुग्नु भएको हो ।चार वर्ष अगाडि यो राज्य उनीहरूको हातबाट फुस्केको थियो।

यी राज्यमा भएको जितले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा दोहोरिने आकांक्षालाई कठिन बनाएको छ।राष्ट्रपति पदमा आसिन हुन आवश्यक २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।

अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाउनु भएको छ भने ट्रम्पले २ सय १४ भोट पाउनु भएको छ ।अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ।

हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ।राष्ट्रपतिमा दोहोरिने चाहना कठिन मोडमा पुगेका ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गर्नु भएको छ । यस राज्यमा केही सय भोटले बाइडेन विजयी भएपछि पुनः मतगणना गर्न माग गर्नु भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,