Connect with us
Kapilvast Forest

नेपाली युवकको भारतीय सीमावर्ती शहरमा मृत्यु

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

death

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका( ४ का २२ वर्षीय युवक रमेश दमाईको भारतीय सिमावर्ती बजार सम्पुर्णानगरमा मृत्यु भएको छ । त्यहाँ एक होटेलमा काम गर्दै आएका दमाईलाई पखाला लागेपछि बुधबार बेलुकी उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘मृतक दमाई भारतीय बजार सम्पुर्णानगरमा रोजगारीका सिलसिलामा गएका थिए,’ पारिवारिक श्रोतले भन्यो, ‘केही समय अघि भारतीय बजार खजुरीयामा काम गर्दै आउनु भएको थियोउहाँ कोभिड्( १९ का कारण घर आउनु भएको थियो । तत्पश्चात पुनः भाद्र ३० मा घर छोडेर जानु भएको थियो ।’
सामान्य मानसिक सन्तुलन गुमाएका दमाई वेपत्ता भएको भनी असोज ३ मा परिवारले खोजीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उजुरी परेको केहि समयपछि भारतीय सिमावर्ति बजार सम्पुर्णानगरको एक होटलमा काम गरिरहेको भन्ने खबर मृतकके परिवारले प्रहरीलाई खबर समेत गरेका थिए ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले भने प्रहरी अनुसन्धानका अधारमा मृतक दमाई केहि दिनदेखि पखालाबाट ग्रसित दमाईलाई आमा र दिदीले सामान्य उपचार गराउने क्रममा मृत्यु भएको परिवार स्रोतलाई उदृतगर्दै निरीक्षक बिष्टले बताउनु भयो ।उक्त घटनाबारे सामाजिक सञ्जालमा दमाईको भारतमा रहस्यमय मृत्यु भन्ने खबर भ्रामक रहेको प्रहरी निरीक्षक बिष्टले जिकिरगर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,