Connect with us
Kapilvast Forest

राष्ट्रिय फुटबल टिम आज बंगलादेश जाँदै

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

national_football_teem_nepal.jpg

 काठमाडौं-नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि आज (विहिबार) त्यसतर्फ प्रस्थान गर्दैछन् ।२५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहान बंगलादेश प्रस्थान गर्ने छन् । नेपाली टिम बिहान ९ः४५ बजे बंगलादेश प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टोलीलाई एन्फाले बुधबार नै विदाई गरिसकेको छ । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।२०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २–० ले हराएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,