Connect with us
Kapilvast Forest

अमेरिकामा कतै भोटको गणना हुनु पर्ने र मतगणना रोक्नु पर्ने भन्दै प्रदर्शन

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

एजेन्सी-अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउन ढिलाइ भएसँगै प्रदर्शनहरू हुन थालेका छन्।न्युयोर्क टाइम्सका अनुसार निर्णायक राज्यहरूमा मतगणना जारी रहेका बेला देशका विभिन्न भागमा हरेक भोटको गणना हुनु पर्ने र मतगणना रोक्नु पर्ने माग गरी प्रदर्शन भएको छ ।

अहिले डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनको पक्षयधरलको मत गणना हुनु पर्ने माग छभने रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पका पइायधरको केही राज्यको मत गणना रोकिनु पर्ने माग छ।

ओरेगनको पोर्टल्यान्डमा हरेक भोट गणनाको माग गरिरहेका प्रदर्शनकारीहरू प्रहरी दमनको विरोध र जातीय न्याय माग गरिरहेका अरू प्रदर्शनकारीहरूसँग मिसिएका थिए। पछि त्यहाँबाट छुट्टिएको समूहले केही पसलका सिसाहरू फुटाइदिएका थिए। प्रहरीले उक्त प्रदर्शनलाई हुलदंगा भनेको छ।

उता मिनियापोलसमा प्रदर्शनकारीहरूले इन्टरस्टेट ९४ राजमार्ग बन्द गरेका छन्। प्रहरीले भीड हटाउन केहीलाई पक्राउ गरेको छ।

यस्तै सिकागो, न्युयोर्क, फिलाडेल्फियामा प्रदर्शनहरू भएका छन्। त्यहाँका पनि केही प्रदर्शनकारीले रिपब्लिकनहरू चुनावमा प्रभाव पार्न खोजेको भन्दै सबै भोटहरू गन्नु पर्नेमा माग गरेका छन् भने केही ठाउँमा भएका प्रदर्शनमा कुनै स्पष्ट माग उठाइएका छैनन्।

डेट्रोइटमा राष्ट्रपति ट्रम्प समर्थकले मतगणना रोक्नु पर्ने माग गर्दै प्रदर्शन गरेका छन्। ट्रम्पले आफूलाई हराउन अवैधानिक मतपत्रलाई पनि गणना गरिएको आरोप लगाएका छन्।

मतगणना स्थलबाहिर जम्मा भएका ट्रम्प समर्थकले झ्यालमा हान्दै ‘मतगणना रोक’ भनेका थिए।फिनिक्समा पनि मतगणना रोक्नु पर्छ भन्दै केही दर्जन मानिसले प्रदर्शन गरेका छन्।

अमेरिकामा मंगलबार राष्ट्रपतिका लागि मतदान भएको थियो। केही राज्यहरूको अन्तिम परिणाम आउन बाँकी रहेकाले अहिलेसम्म विजेता घोषणा हुन सकेको छैन।

अन्तिम टुंगो नलागे पनि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उहाँ जित नजिक पुग्नु भएको छ ।

राष्ट्रपति चुनिन २ सय ७० इलेक्ट्रोलर कलेज भोट आवश्यक पर्छ।अहिलेसम्मको मतपरिणाम अनुसार वाइडेनले २ सय ६४ इलेक्ट्रोलर कलेज भोट पाएका छन् भने ट्रम्पले २ सय १४ भोट पाउनु भएको छ ।

अब बाइडेनलाई जितका लागि कुनै एक राज्यमा जित हासिल गरे पुग्छ। हालसम्म ५० अमेरिकी राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ।

राष्ट्रपतिमा दोहोरिने चाहना कठिन मोडमा पुगेका ट्रम्पको चुनावी अभियानले विन्कन्सिनको मत पुनःगणना गर्नुपर्ने माग गरेका छन्। यस राज्यमा केही सय भोटले बाइडेन विजयी भएपछि उनीहरूले पुनः मतगणना गर्न माग गरेका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिसिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,