Connect with us
Kapilvast Forest

भ्रष्टाचार मुद्धा लागेका वकिलको प्रमाणपत्र निलम्बनमा

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

nepal-kanun11-1.jpg

काठमाडौं-नेपाल कानून व्यवसायी परिषदले भ्रष्टाचार अभियोग लागेका एक कानून व्यवसायीको प्रमाणपत्र निलम्बन गरेको छ । परिषदले बिहिबार एक सूचना जारी गर्दै उक्त मुद्धाका किनारा नलागेसम्म प्रमाणपत्र निलम्बन गरेको जनाएको छ ।

परिषदका सचिव रामहरि शर्मा काफ्लेले अधिवक्ता प्रमाणपत्र नं। १६२५५ बाहक कानून व्यवसायी रमेश बहादुर सिंहको प्रमाणपत्र निलम्बन गरिएको बताउनु भयो ।

उनी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको जानकारी प्राप्त हुन आएकोले सम्बन्धित कानून व्यवसायी उपर चलेको ‘भ्रष्टाचार मुद्दा किनारा नभएसम्मका लागि कानून व्यवसायीको आचारसंहिता, २०५१ को नियम ६ क बमोजिम निजको प्रमाणपत्र निलम्बन गरिएको’ सूचनामा उल्लेख गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,