Connect with us
Kapilvast Forest

कर्णालीमा सबै क्वारेन्टिन हटाइँदै, आइसोलेसन थपिँदै

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

karnali parrdes

 सुर्खेत –कर्णाली प्रदेश सरकारले प्रदेशका सबै जिल्लाहरुमा ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जनसंख्या तथा कोरोना संक्रमितको चापका आधारमा प्रदेशका प्रत्येक जिल्लाहरुमा २५ देखि ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमितहरुको उपचारको लागि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार भएनभएको, अक्सिजन प्लान्ट, अक्सिजन रिफिल जस्ता स्रोतसाधनको उपलब्धताबारे सामाजिक विकास मन्त्रालयलाई यस्को अनुगमन गर्ने जिम्मा दिइएको छ ।

साथै कोरोनासम्बन्धी विभिन्न देशमा तयार भएका भ्याक्सिन प्रयोग गर्ने विषयमा संघीय सरकारबाट स्वीकृत भएको भ्याक्सिन मात्र प्रयोग गर्ने निर्णय गरिएको छ ।

संघीय सरकारको नीतिअनुसार कर्णाली प्रदेशका लागि आवश्यक पर्ने भ्याक्सिनको आँकलन गरी प्रदेशका सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाउन पनि बैठकले सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।

प्रदेशभर देउसी भैलो खेल्न रोक

तिहारको अवसरमा खेलिँदै आएको देउसी भैलो यस वर्ष कर्णाली प्रदेशमा खेल्न नपाइने भएको छ ।कोभिड(१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले देउसी भैलो खेल्न निषेध गरिएको हो । देउसी भैलो खेल्न नदिन पूर्णरुपमा कडाइ गर्ने र कुनै पनि मेला लगाउन नदिने बताइएको छ ।तिहारमा सुरक्षा सर्तकता अपनाई घरभित्रै बसेर टीका लगाउन आग्रह समेत गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,