Connect with us
Kapilvast Forest

पर्यटन उद्योग प्रभावकारी रणनीति बनाउन जरुरी छ :पर्यटन सचिव कोइराला

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

yadav_prsd_koirala123.jpg

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड-१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको बताउनु भएको छ ।

नवनियुक्त सचिव कोइरालाको स्वागतका लागि नेपाल पर्यटन बोर्डले आज भृकुटीमण्डपस्थित केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन उद्योगलाई पूर्ववत अवस्थामा फर्काउन निजी क्षेत्रसँग सहकार्य गरी नयाँ नौलो र प्रभावकारी योजना र रणनीति बनाउन जरुरी भएको बताउनु भयो ।

बोर्ड कार्यकारी समितिका अध्यक्षसमेत रहेका सचिव कोइरालाले बोर्डका गतिविधिलाई प्रभावकारी तुल्याउन सबै संयन्त्रलाई सक्रिय ढङ्गले परिचालन गरिनुपर्नेमा जोड दिनु भयो । बोर्डको कार्यकारी समिति सदस्य दीपक महतले आजको विषम र प्रतिकूल परिस्थितिमा नेपालको निजी क्षेत्रका पर्यटन व्यवसायीले सरकारबाट सहयोग र भरथेगको अपेक्षा गरेको कुरामा जोड दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,