Connect with us
Kapilvast Forest

कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापनमा घाटमै गएर स्थानी प्रहरी माथि जाई लागे

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

सिन्धुली – कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । कोरोना भाइरस संक्रमणबाट बिहीबार मृत्यु भएका सिन्धुलीको कमलामाई नगरपालिका ५ जरायोटारका ४८ वर्षीय एक पुरुषको शव अन्त्येष्टि गर्नेक्रममा स्थानीयले अवरोध गरेका हुन् ।

सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ती पुरुषको शव नेपाली सेनाले कमलामाई नगरपालिका ५, ६ र ७ को संगमस्थल गडौंली घाटमा अन्त्येष्टि गर्न लागेपनि स्थानीयले अवरोध गरेपछि रोकीएको हो ।

सयौंको संख्यामा जम्मा भएका स्थानीयले शव गाड्न खाल्टो खन्न पुगेको कमलामाई नगरपालिकाको ब्याकलोरलाई खाल्टो खनिसकेपछि नियन्त्रणमा लिएर अवरोध गरेका हुन् । कोरोना संक्रमितको शव ल्याउँदै गरेको थाहा पाएपछि आर्यघाटमै पुगेर विरोधमा उत्रिएका स्थानीय तथा शिक्षक कृष्णहरी ढुङ्गेलले कुनै हालतमा शव व्यवस्थापन गर्न नदिने चेतावनी दिनु भयो । उनीसँगै जम्मा भएकाहरुले प्रहरी माथिनै जाई लागेका थिए ।उक्त स्थानमा परम्परागत घाट भएपनि कोरोना संक्रमितको भने अन्त्येष्टि गर्न स्थानीयले अवरोध गर्नु दुस्खद भएको समेत मेयर खत्रीको भनाइ छ ।

उता शव व्यवस्थापनका लागि बिहानैदेखि प्रयास गरिएको भएपनि खाल्टो खनेर शव लैजाँदै गर्दा पनि स्थानीयले आक्रमणमा उत्रने भएपछि शव फिर्ता ल्याइएको कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीले बताउनु भयो ।

स्थानीयले अवरोध गरेपछि पुरानो आर्यघाटको रुपमा रहेको गाडौंलीमा शव व्यवस्थापन गर्न खोजिएको हो । गडौंलीमा समेत त्यहाँका स्थानीयले अबरोध गरेपछि अब कहाँ शव व्यवस्थापन गर्ने भन्ने अन्यौल भएको छ ।तर, तत्काल जिल्लामा सर्बदलिय संयन्त्रको बैठक बसेर दिर्घकालीनरुपमा शव व्यवस्थापनका लागि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,