Connect with us
Kapilvast Forest

ओली र प्रचण्ड विचको वार्ता सकियो सहमति हुनसकेन ,दाहाल भने अव वार्ताकै लागि म बालुवाटार आउन्न

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

oli

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको भेटवार्ता सहमतिभन्दा पनि विवादतर्फउन्मुख भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष भेट्न पुगेका अर्का अध्यक्ष दाहालले सुरुमै प्रदेश नम्बर १ का आफूनिकट नेताहरुसँग जुममार्फत गरेको भेलाबारे आपत्ति र चासो व्यक्त गर्नु भएको थियो ।

दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘जनताको बहुदलीय जनवादलाई पार्टीको मूल विचार बनाएर अघि बढाउनेगरि तपाईले हिजो प्रदेश नम्बर १ का नेताहरुसँग जुममार्फत गरेको भेला आपत्तिजनक छ । यसले पार्टीमा संकट निम्त्याउने काम भयो ।’ दाहालले हिजोमात्रै प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भनेर बोलेको विषयमा पनि जवाफ माग्नु भएको थियो उहाँले भन्नु भयो प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताउनु भएको हो । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोध्नु भएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले तपाईंहरुले पनि यस्ता छलफल गर्नु भएकै छ भन्नु भएको छ भन्नु भयो । पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको स्रोतको दाबी छ ।

दाहालको भनाई उद्धृत गर्दै फेरि स्रोतले भन्यो,‘हिजो राजीनामा दिन्न भनेर बेमौसमीको कुरा किन उठाउनुभयो । कसले राजीनामा मागेको थियो र रु यो कुरा सबै गलत छन् । पार्टी फुटाउने काममा तपाई लाग्नुभयो ।

अब तपाईसँग वार्ता र छलफलको लागि म बालुवाटार आउँदिन् । जे जे छलफल गर्ने हो अब पार्टीका सबै कमिटीको बैठक राखौं, त्यहीँ आधिकारिक फोरममा छलफल गरौं ।’ तर, ओलीले भने बैठक राख्न नमानेको स्रोतको दाबी छ । ओलीले दाहालसँग भनेका थिए,‘अहिले बैठक राख्न आवश्यकता नै छैन । मैले बैठक राख्नुपर्ने कुनै सान्दर्भिकता देखेको छैन्

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,