Connect with us
Kapilvast Forest

भारतीय सेना प्रमुख नरवणेलाई मानार्थ महारथी उपाधि प्रदान

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

upadhii.jpg

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज भएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले सेना प्रमुख नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गर्नुभएको हो ।

नेपाल र भारतका सेनापतिले एक अर्को देशको मानार्थ सेनापतिको उपाधि प्राप्त गर्ने प्रचलन रहेको छ ।

तीन दिने नेपाल भ्रमणका लागि सेना प्रमुख नरवणे बुधबार काठमाडौं आउनु भएको हो । उहाँले वसन्तपुर, पशुपतिनाथलगायत धार्मिक स्थलहरुको भ्रमणसमेत गर्नु भयो ।साथै, सेना प्रमुख नरवणेले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,