Connect with us
Kapilvast Forest

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक,अब कार्तिक २४ गते बस्ने

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ ।शुक्रवार ९भोलि० दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक आगामी कार्तिक २४ गते सोमवार सम्मका लागि सारिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिअनु भयो ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कार्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने मुख्यसचिव पौडेलले बताउनु भयो ।

यसअघि गत असोज १९ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो । नेताहरुमा कोरोना संक्रमण पुष्टि भएसँगै असोज २५ गतेसम्मका लागि सारिएको थियो । तर दशैँ अघि बैठक बस्न सकेको थिएन् । आगामी महाधिवेशनको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक कार्तिक २१ गतेका लागि बैठक बोलाइएको थियो ।

आगामी सोमवार बस्ने बैठकमा कार्यसमितिको पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई समेत बैठकमा बोलाइएको मुख्यमन्त्री पौडेलले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,