Connect with us
Kapilvast Forest

टिपर दुर्घटनामा दुई जनाको मृत्यु

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

accident

पोखरा — पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीमा भएको टिपर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ ।

मृतकमा बाराको सिमरा घर भएका चालक रामहरी थापा र सोही ठाउँका सहचालक राजन्द्र चौधरी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बिहीबार दिउँसो सल्लाघारीको भित्री सडकमा होंग्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरेतर्फ गइरहेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको खाली टिपर अनियन्त्रित भइ भीरबाट करिब ३ सय मिटर तल खसेको थियो ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका डीएसपी राजेन्द्रबाबु रेग्मीले बताउनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,