Connect with us
Kapilvast Forest

१० लाख घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

ghus

काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० लाख घुस रकमसहित विद्युत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौं तहका इन्जिनियर जैसवाललाईआयोगको हेटौडा कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ ।प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिनियर जैसवालले रु १० लाख रकम माग्नु भएको थियो ।घुस मागेको रकम होटलमा लिने क्रममा उहाँ पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनु भयो ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,