Connect with us
Kapilvast Forest

साना देखि कर्पोरेट व्यवसायीहरुको हितको लागि मेरो उम्मेद्वारी : ढकाल

२०७७, २० कार्तिक बिहीबारमा प्रकाशित

chhandra_dhaka
  • सनिउल्ला धोबी

धनगढी । नेपाल उद्योग वाणिज्य महासघंको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र प्रसाद ढकालले आफ्नो जित सुनिश्चित भएको बताउनु भएको छ ।

कैलालीको धनगढीमा चुनावी प्रचारप्रसार सभालाई सम्बोधन गर्दै आफु सानो व्यवसायी देखि कर्पाेरेट सबै उद्योगीहरुको समस्या राम्रोसंग बुझेको हुनाले आफु बिजयी भए नेपाल उद्योग वाणिज्य महासघंबाट सम्पुर्ण व्यवसायीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा बिजयी भएपछि पनि जिल्ला नगर, प्रदेश र केन्द्रका समस्यालाई समाधान गर्न सदैव व्यवसायीहरुको हकहितको लागि काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस्तै उद्योग वाणिज्य महासघंका पुर्व अध्यक्ष चन्डी राज ढकालले चन्द्र ढकालको प्यालनले नै महासघंको नेतृत्व राम्रो काम गर्ने बताउनुभयो । उहाँले ढकालको प्यानल बिजयी हुने धेरै उद्योगी व्यवसायीका समस्या समाधान हुने दाबी गर्नुभयो ।

 

यसैबीच नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्यका उम्मेदवार जमशेर अलि मियाले देशको विकासमा महासघंले लाग्ने बताउनुभयो । मियाले वरिष्ठ उपाध्यक्ष ढकालको प्यानलबाट केन्द्रिय सदस्यको उम्मेद्बारी दिएको बताउदै ढकालको प्यानलले महासघंको मुहार फेर्ने जानकारी दिनुभयो ।

 

अगामी मंसिर ११ देखि १३ गते सम्म हुन गईरहेको ५४औं महाधिवेशनको सुदुर पश्चिमको धनगढीमा आयोजित चुनावी प्रचारप्रसार सभामा बोल्दै देशको वर्तमान अवस्थासगं महासघं हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै चुनावी सभालाई सम्बोधन गर्दै कृष्ण प्रसाद श्रेष्ठले उद्योग वाणिज्य महासघंले आउनेदिनमा उद्योग जिल्ला नगरलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

उक्त चुनावी प्रचारप्रसार सभामा महाघंका ब्यापारी उद्योग कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्पराज कुवरले स्वागत मन्तब्य दिदै प्रदेशबाट केन्द्रिय सदस्यीयको लागि उम्मेदवारी घोषणा गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासघं सुदुर पश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा कार्यक्रम सप्पन्न भएको थियो ।

महासंघको निर्वाचन अगामी मंसिर ११, १२ र १३ गते सम्म काठमाडौमा हुदै छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,