Connect with us
Kapilvast Forest

मुम्बई इण्डियन्स आइपीएल क्रिकेटको फाइनलमा प्रवेश

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

mumbaii

एजेन्सी-इन्डियन प्रिमियर लिग (आईपीएल) टी—ट्वान्टी क्रिकेट अन्तरगत मुम्बई इण्डियन्स फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनल प्रवेश गरेको हो ।

मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । सुरुवाती दुई ओभरमा तीन विकेट गुमाएको दिल्लीको स्कोर शून्य थियो । दिल्लीको सम्मानजनक स्कोर बनाउन मार्कस स्टोनिसले ६५ रनको योगदान गर्नु भयो । यस्तै अक्षर पटेलले ४२ र कप्तान श्रेयस एयरले १२ रन जोड्नु भयो । कागिसो राबडा भने १५ रनमा अविजित रहनु भयो ।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिनु भयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । मुम्बईका लागि इशान किसन ५५ र सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नु भयो । क्विन्टन डी ककले ४० रन जोड्दा हार्दिक पाण्डय ३७ रनमा अविजित रहनु भयो ।

कप्तान रोहित शर्मा र केइरन पोलार्ड सुन्य रनमा आउट हुँदा कुर्नाल पाण्डयले १३ रन बनाउनु भयो । दिल्लीका रविचन्द्र आश्विनले ३ विकेट लिनु भयो । दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।

अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,