Connect with us
Kapilvast Forest

धैर्य गर्नुस्, राष्ट्रपति-उपराष्ट्रपतिमा हाम्रै जित निश्चित छ : बाइडेन

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

widen

एजेन्सी-अमेरिकामा अहिले राष्ट्रपति चुनावको मत गणना जारी छ।रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र उहाँका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन दुवैले आफूले जित्ने दाबी गरिरहनु भएको छ ।

तर अहिलेसम्मको नतिजाअनुसार बाइडेन अगाडि रहनु भएको छ । निर्वाचनको अन्तिम परिणाम आउनै बाँकी छ। दुवै पक्ष कानुनी लडाइँमा सहभागी हुने तयारीमा रहनु भएको छ ।इलेक्टोरल कलेज(मत) को संख्याका हिसाबले महत्वपूर्ण मानिने अझै धेरै राज्यमा मत गणना जारी छ। जुन मतमा अन्तिम नतिाज निर्भर रहनेछ।

बीबीसीका अनुसार मिसिगन र विस्कन्सिन राज्यमा ट्रम्पभन्दा बाइडेन अगाडि रहनु भएको छ। पेन्सलभेनिया राज्यको नतिजा अझै आइसकेको छैन। विस्कान्सिन, मिसिगन र पेन्सिलभेनिया राज्यका मतले बाइडेनको जित सुनिश्चित गर्न सक्छ।नेभाडा, विस्कन्सिन, जर्जिया, पेन्सिलभेनिया र मिसिगनमा पुनः मत गणना गर्नुपर्ने माग ट्रम्प पक्षले गरेको छ। ती राज्यमा धाँधली भएको ट्रम्पको आरोप छ।

नेभाडा र एरिजोना राज्यमा अहिलेसम्म बाइडेन नै अगाडि छन्। यस्तै जर्जियामा मत गणना जारी छ र यहाँ दुई उम्मेदवारबीच मतको अन्तर कम हुँदै गइरहेको छ।

डेमोक्रेट उम्मेदवार बाइडेनले नागरिकलाई धैर्य राख्न र नतिजाको प्रतीक्षा गर्न अपिल गर्नु भएको छ। उहाँले गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न पनि आग्रह गर्नु भएको छ ।

उहाँका अनुसार ‘मतदान एउटा पवित्र कामजत्तिकै हो। जसको माध्यमद्वारा मतदाताले आफ्नो अभिमत व्यक्त गर्छन्। मतदाताले नै राष्ट्रपति चुन्छन्। यो काम अरू कसैले गर्न सक्दैनन्। यसकारण हरेक मतको गन्ती गर्न आवश्यक छ।’

उहाँले अगाडि भन्नुभयो ‘मलाई र सांसद कमला ह्यारिसलाई पूर्ण विश्वास छ कि जब मत गनिसकिन्छ त हामी विजयी घोषित हुनेछौं। म आम नागरिकलाई यो अपिल गर्न चाहन्छु कि चुनावी प्रक्रिया पूरा हुन दिनुस्। मत गणना जारी छ।’

उता रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भने पेन्सिलभेनियामा मत गणनामा धाँधली भएको आरोप लगाउँदै अदालतको ढोका ढकढक्याउन पुग्नु भएको छ ।

उहाँ पक्षका अधिकारीले मत गणना भइरहेको फिलाडेल्फियामा आफ्ना प्रतिनिधिलाई जान नदिइएको आरोप लगाउनु भएको छ।फिलाडेल्फियाका संघीय न्यायाधीशले बिहीबार राति यस मुद्दाको आपतकालीन सुनुवाइका लागि समय छुट्याउनु भएको छ ।

बजफिडका रिपोर्टर जो टिलम्यानले उक्त आवेदनको प्रतिलिपि सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। जसमा तुरुन्त मतगणना रोक्न माग गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,