Connect with us
Kapilvast Forest

आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न डा केसीद्वारा सरकारको ध्यानाकर्षण

२०७७, २१ कार्तिक शुक्रबारमा प्रकाशित

govinda kc

काठमाडौं-चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभए फेरि आमरण अनशनमा बस्ने चेतावनी दिनु भएको छ ।विहिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

डा.केसीले आफूसँग सरकारले पछिल्लो पटक सम्झौता गरेको एक महिना पुग्नै लागेको भन्दै सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने भएको जानकारी दिंदै काम शुरु गरिहाल्नु पर्ने सम्झौता कार्यान्वयनको प्रक्रियाबारे सरकारलाई दवाब दिन सञ्चारमाध्यमहरुलाई आग्रह समेत गर्नु भएको छ ।सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई निरन्तर खबरदारी गर्नुपरेको डा. केसीले बताउनु भयो ।

उहाँले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकार आफुसँग सम्झौता गर्न बाध्य भएको पनि बताउनु भयो ।सरकारले गरेको सम्झौता कार्यन्वयन गराउन सरकारलाई खबरदारी गर्न सबैलाई अपिल समेत गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,